१८ बुँदे माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले बुझायो त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न १८ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायतका विद्यार्थी नेताहरू त्रिभुवन विश्वविद्यालय पुगेर उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन् ।

अनेरास्ववियू क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने, बेरोजगार विद्यार्थीहरुको लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा गर्नुपर्ने, अङ्ग्रेजी र नेपाली दुबै भाषामा उत्तर लेखन मिल्ने सबै विषयका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै माध्यममा हुने व्यवस्था गर्नुलगायतका माग गरिएको छ ।

याे पनि पढ्नुस  वाईसीएल बैठकः यी हुन् ५ महत्वपूर्ण निर्णय (सूचीसहित)

कमेन्ट गर्नुहोस्