किरण चेम्जोङ एशियाकै उत्कृष्ट १० खेलाडीको सूचीमा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एशियाकै उत्कृष्ट १० फुटबल खेलाडीको सूचीमा परेका छन् ।

एशियाली फुटबल संघले जारी गरेको एशियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ परेका हुन् ।

एशियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्बजनिक गरेको छ । उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् ।

याे पनि पढ्नुस  एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान

एशियाली फुटबल संघले बिहीबार उक्त सूची सार्बजनिक गरेको छ । सूचीमा परेका दश खेलाडीलाई मतदानका लागि खुला गरिएको छ ।

‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द् विक’का लागि मतदान खुला गरेको छ । एएफसीको वेबसाइटमा अप्रिल चारसम्म जो सुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछ ।

याे पनि पढ्नुस  राष्ट्रिय फुटबल टिमका कप्तान किरण बने एसियाकै साताको उत्कृष्ट खेलाडी

कमेन्ट गर्नुहोस्