रेल दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु

ताइवान । ताइवानमा झन्डै ३५० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ अधिकारीहरूले बताएका छन्। रेलभित्र अझै दर्जनौँ मानिस फसिरहेको बताइएको छ।

ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरू “नराम्रोसँग क्षति पुगेका” चारवटा डिब्बामसम्म पुग्न सङ्घर्ष गरिरहेका छन्। उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो।

त्यसमा दर्जनौँ पर्यटकहरू पनि भएको ‍बुजीएको छ। उनीहरूमध्ये अधिकांश पुर्खाहरूको सम्मानमा मनाइने एउटा पर्वमा सहभागी भइरहेका थिए।

याे पनि पढ्नुस  दाङका तीन जना संक्रमितको बाँकेमा मृत्यु

उक्त रेल स्थानीय समयानुसार बिहानको ९ बजे पटरीभन्दा बाहिर निस्किएको ठानिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माण कार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको हो।

अनलाइनमा राखिएका तस्बिरहरूमा प्रभावित नभएका डिब्बाका यात्रुहरू आफ्नो समान लिएर रेलको पटरीमा हिँडिरहेको देख्न सकिन्छ।

“मैले अकस्मात् एउटा शक्तिशाली कम्पन महसुस गरेँ अनि आफूलाई भुइँमा लडिरहेको अवस्थामा पाएँ,” नाम नखुलाइएकी एक यात्रुले ताइवानको यूडीएन सञ्चारमाध्यमलाई भनिन्, “हामीले रेलको छानोसम्म पुगेर बाहिर निस्कनिका लागि झ्याल फुटायौँ।”

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाबाट पहिलो पटक कुकुरको मृत्यु

स्थानीय सञ्चारमाध्यमले ज्यान गुमानेमध्येमा रेलका चालक पनि रहेको उल्लेख गरेका छन्।

ताइवानकी राष्ट्रपतिले दुर्घटनाग्रस्त रेलमा फसिरहेका मानिसहरूको उद्धार सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेकी छन्।

दशकौँयताकै नराम्रो रेल दुर्घटना

शुक्रवारको दुर्घटनालाई उक्त टापुमा भएको दशकौँयताकै एउटा सबैभन्दा नराम्रो रेल दुर्घटनाका रूपमा लिइएको छ।

याे पनि पढ्नुस  बागलुङ बाढी अपडेटः ८ शव फेला, १३ जना बेपत्ता

सन् २०१८ मा एउटा रेल दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाएका थिए। ताइवानको इतिहासकै खराब रेल दुर्घटना सन् १९९१ मा भएको थियो।

त्यस बेला दुईवटा रेल एकआपसमा ठोकिँदा ३० जना यात्रुको निधन भएको थियो भने ११२ जना घाइते भएका थिए।  बीबीसी

कमेन्ट गर्नुहोस्