राष्ट्रपति भण्डारीद्धारा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गरिन् ।

अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् ।

याे पनि पढ्नुस  राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना रिपोर्ट नेगेटिभ

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ ।

ढुंगेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपति भण्डारीले स्वीच थिची औपचारिक उद्घाटन गरिन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

याे पनि पढ्नुस  मेलम्चीको पानी आउन अब धेरै समय छैन: मन्त्री मगर

कमेन्ट गर्नुहोस्