भारतमा विकराल हुँदै कोरोना, एकैदिन ८९ हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले पुनः भयावह रुप लिएको छ ।

पछिल्लो समयमा भारतको महाराष्ट्र, केरला, कर्नाटक, आन्ध्र प्रदेश दिल्ली र उत्तर प्रदेशमा उच्च संक्रमण देखिएको हो ।

सबैभन्दा धेरै संक्रमण महाराष्टमा फैलिएको छ ।

शुक्रबारका दिन मात्रै भारतमा ८९ हजार भन्दा बढी नयाँ संक्रमित देखा परेका छन् । सोही दिन ७१३ जनाको कोरानाकै कारण निधन भएको छ ।

यीमध्ये महाराष्ट्रमा मात्रै ४७ हजार ९ सय १३ जनामा संक्रमण देखिएको छ ।

अघिल्लो दिन १ अप्रिलमा ८१ हजार संक्रमित देखिएका थिए ।

कोरोना संक्रमण फैलिंदै गएपछि कतिपय राज्यमा लकडाउनको घोषणा गरिएको छ ।

महाराष्ट्रको पुने, मुम्बई, थाने जस्ता जिल्लाहरुमा संक्रमण उच्च देखिएको छ । यी राज्यहरुमा नेपालीहरुको समेत उपस्थिति उल्लेख्य देखिन्छ । यसअघि पनि महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण देखिएको थियो ।

भारतमा कोरोना फेरि बढन थालेपछि नेपालीहरु घर फर्किने क्रम समेत बढेर गएको छ । पहिलोजस्तै लकडाउन हुने डरले नेपालीहरु घर फर्किन लागेका हुन । तर सीमा नाकामा भने परीक्षणको अनिवार्य व्यवस्था नभएको कारण नेपालमा समेत कोरोना फैलिने सम्भावना बढेर गएको हो ।

 

कमेन्ट गर्नुहोस्