प्रधानमन्त्री ओलीले गरे १६५ सडकको एकैपटक शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबारसबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

याे पनि पढ्नुस  प्रचण्ड–नेपाल पक्षधर विद्यार्थीले गरे छुट्टै भेला

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

कमेन्ट गर्नुहोस्