बाँकेको नरैनापुर ४ खोदावा गाउँमा आगलागी हुँदा सय घर जलेर नस्ट

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा शनिबार दिउँसो आगलागि हुँदा करिब १ सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ ।

शनिबार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका सय घर जलेर नस्ट हुनुका साथै २ करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताए ।

याे पनि पढ्नुस  आइसोलेसनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट आयो

उनले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताए । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको जनाईएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीन वटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताए ।

याे पनि पढ्नुस  फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागिस्थलमा दमकल पुगेको र अन्य ३ वटा दमकलले नेपालगञ्जबाट आएर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए । यसअघि गत फागुन २४ गते पनि सुईया गाउँमा आगलागि हुँदा २५ घर जलेका थिए ।

कमेन्ट गर्नुहोस्