ट्राई नेसन सिरिजका लागि क्लोज क्याम्पमा २० खेलाडीलाई बोलाइयो (सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प चैत्र २४ गते मंगलबारदेखि सुरू गर्ने भएको छ ।

क्यानले आइतबार एक सूचना जारी गर्दै आगामी बैशाख ४ गतेदेखि काठमाडौंमा आयोजना हुने ट्राई नेसन सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प मंगलबारदेखि सुरू गर्ने जनाएको छ ।

याे पनि पढ्नुस  नेपालले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने

ट्राई नेसन सिरिजमा नेपाल, मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले क्लोज क्याम्पमा २० जनालाई बोलाएको छ ।

कमेन्ट गर्नुहोस्