बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

मुम्बई : हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन्। उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् ।

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएकाछन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

याे पनि पढ्नुस  यस्तो छ अक्षय कुमारको ‘हाउसफुल–४’ को ट्रेलर

कोभिड-१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

कमेन्ट गर्नुहोस्