राष्ट्रिय फुटबल टिमका कप्तान किरण बने एसियाकै साताको उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन् ।

गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो । अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन् ।

याे पनि पढ्नुस  १३ औं साग फुटबलः भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाए । दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे । उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए ।

एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो ।

याे पनि पढ्नुस  प्रवासमा फुटबल मोह ! एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लबलाई

साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन् ।

किरणको कप्तानीमा नेपालले पहिलो उपाधि जित्ने क्रममा गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

याे पनि पढ्नुस  चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

सम्बन्धित समाचारः किरण चेम्जोङ एशियाकै उत्कृष्ट १० खेलाडीको सूचीमा

कमेन्ट गर्नुहोस्