कोरोना संक्रमण बढे पनि आतंकित हुनपर्ने अवस्था छैन : मन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताए । उनले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको बताए ।

याे पनि पढ्नुस  मन्त्री त्रिपाठी भन्छन्, ‘जेठ/असारसम्म कोरोना महामारी उच्च विन्दुमा पुग्न सक्छ’

उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको बताए । उनले सञ्चारमाध्यमलाई पनि सङ्क्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

याे पनि पढ्नुस  नेकपामा भित्रिदै त्रिपाठी समूह, एकताबारे छलफल

कमेन्ट गर्नुहोस्