ओखलढुंगामा भीरबाट खस्यो जीप, तीन जनाको अवस्था चिन्ताजनक

काठमाडौं : ओखलढुंगामा जीप भीरमा खस्दा ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलका अनुसार ३ जनाको अवस्था चिन्ताजनक छ। उनीहरू अचेत छन्।

मंगलबार दिउँसो १२ बजे मानेभन्ज्याङ गाउँपालिका-४ स्थित केतुके बजारबाट सामान बोकेर ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटनामा परेको हो। सो जिप भीरबाट ७ सय मिटर तल खसेको प्रहरी निरीक्षक कट्टेलले बताए।

गम्भीर घाइते सिद्धिचरण नगरपालिका-१० का २६ वर्षीय कमलबहादुर थापामगरलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।

भीरमा खसेर बिचमै अड्किएको छ। मान्छे जान नसकिने खालको छ। रोप रेस्क्यू गर्नुपर्ने ठाउँमा छ,ु प्रहरी निरीक्षक कट्टेलले भने।

३ जनालाई प्रहरीले अचेत अवस्थामा उद्धार गरेको हो। उनीहरूलाई अहिले अस्पताल लगिएको छ।

मानेभञ्ज्याङ-४ ढुसेनी बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर अचेत छन्।

उनीहरू अहिले अचेत नै छन्। जिवित वा मृत्यु भएरनभएको अस्पताल पुर्‍याएपछि चिकित्सकले घोषणा गर्ला, प्रहरी निरीक्षक कट्टेलले भने।

उनीहरूको उद्दार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले गरेको हो।

कमेन्ट गर्नुहोस्