कैलाली । टिकापुर नगरपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७४ वर्षीया पदमा देवी साउँद रहेकी छन् । पार्क रोड हुँदै टीकापुर गइरहेको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिएर मोटरसाइकल चालक फरार भएका छन् । ठक्कर दिएर फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चालकलाई पत्ता लगाइ कारबाही गर्न मृतकका परिवारले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी मधुसूदन न्यौपानेले सिसिक्यामरा फुटेजको सहयोगमा घटनाको अनुसन्धान भइरहेको बताए ।