राजीनामा दिँदै गण्डकी प्रदेशका माओवादी केन्द्रका मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको सरकारमा रहेका दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

संसदीय दल निर्देशनपछि माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिन लागेका हुन् ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

कमेन्ट गर्नुहोस्