आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठान । गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु गएको छ ।

बुधबार बिहान रमेश रानाको गोठमा आगलागी हुँदा ७ वर्षीया हिमाल राना र ३ वर्षीया चन्द्रकला रानाको मृत्यु गएको स्थानीय किशोर रानाले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको हो ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्