गण्डकी प्रदेशः माओवादी मन्त्रीको राजीनामा, समर्थन कायमै

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको सरकारमा रहेका दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । संसदीय दल निर्देशनपछि माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

याे पनि पढ्नुस  बिहानै थपिए संक्रमित, कहाँ कति ?

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमै देखिएका छन् । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन ।

प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन् । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ । अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

याे पनि पढ्नुस  एमएम कपः गण्डकी प्रदेशमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम सेमिफाइनलमा

कमेन्ट गर्नुहोस्