सल्यानबाट प्रचण्डले भने– नयाँ ऊर्जाका साथ काठमाडौं फकिन्छु

सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ ऊर्जा लिएर काठमाडौं फर्किने बताएका छन् ।

बुधबार सल्लीबजार सल्यानमा आयोजित कार्यक्रममा बोल्दै  उनले जनताका कुरा सुन्न आफू सल्यान आएको र नयाँ ऊर्जा लिएर काठमाडौं फर्किने बताए । उनले गाउँमा पार्टी, आन्दोलन र नेतृत्वप्रति अथाह माया रहेको आफूले पाएको बताए ।

उनले भने, ‘म अहिले जनताका कुरा सुन्न गाउँ–गाउँ गइरहेको छु । यसक्रममा नेता कार्यकर्ता र जनतामा पार्टी, आन्दोलन र नेतृत्वप्रति अथाह माया रहेको पाएँ । यसले थप शक्ति, ऊर्जा र तागत प्रदान गरेको छ । त्यहीँ लिएर काठमाडौं जान्छु ।’

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

उनले अहिले कम्युनिस्ट आन्दोलनप्रति षड्यन्त्र भइरहेको र त्यसका विरुद्ध जनता सचेत हुनुपर्ने बताए । अहिलेको आवश्यकता कम्युनिस्ट एकता रहेको प्रचण्डको भनाइ छ ।

उनले राजनीतिक दलबीच सहमति गर्दै विकास र सम्बृदिका सपना पूरा गर्ने दाबी गरे । उनले अबको बाँकी जीवन विकास, सम्बृद्धि र समाजवादका लागि खर्चने बताए ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा बकर इद्को शुभकामना व्यक्त

आफूलाई सबैभन्दा राट्रवादी नेता मान्ने हिटलरले पार्टी नै विघटन गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा पनि त्यस्तै घटना भएको छ । केपी ओली भन्ने नामको व्यक्तिले संविधान मिलेको छ । देशीविदेशी शक्तिका सामू घुँडा टेकेर जनताका विकासका सपना किचेको छ ।’

याे पनि पढ्नुस  चितवनको माडी पुगे प्रचण्ड, मतदातासँग भेटघाट गर्दै (फोटो फिचर)

प्रचण्ड पछिल्लो समय कार्यकर्तामाझ गइरहेको छन् । त्यसका लागि उनी जिल्ला दौडाहमा छन् । त्यसैक्रममा उनी मंगलबार रुकुम पुगेका थिए, बुधबार सल्यानमा छन् । उनी त्यहाँबाट बिहीबार फर्कने कार्यक्रम छ ।

सल्यानमा कार्यकर्ता भेटघाटदेखि लिएर विभिन्न कार्यक्रममा उनी सहभागी भइरहेको छन् ।

 

 

कमेन्ट गर्नुहोस्