बढ्दै कोरोना, थपिए ३३९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित भक्तपुरका ५, ललितपुरका २६, काठमाडौंका १३२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा एकहप्ता अघिसम्म दैनिक ५० को हाराहारीमा संक्रमति देखिने गरेका थिए ।

सोमबार र मंगलबार संक्रमण बढेर २५० बढी संक्रमित देखिएका थिए । बुधबार फेरि ३ सय बढी संक्रमित देखिएका हुन् ।

कमेन्ट गर्नुहोस्