स्वास्थ्य मन्त्रालयको आग्रह : राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू

पीसीआर परीक्षण बढाउन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न अनुराेध गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन अनुराेध गरेको हो ।

मन्त्रालयलले आज एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई पनि आग्रह गरेको छ ।

याे पनि पढ्नुस  कोरोनाले नेपालमा एकैदिन बनायो नयाँ ३ रेकर्ड

साथै, कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूलाई आग्रह गरिएको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

ठूला शहरहरूमा ५ सयभन्दा बढी र साना शहरहरूमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नेपालमा बढ्दै कोरोनाः बुधबार मात्रै ४ जनामा पुष्टि, संक्रमित संख्या ५८ पुग्यो

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरूमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

याे पनि पढ्नुस  उपत्यकामा ह्वात्तै बढ्यो कोराना, संक्रमित २० हजार नजिक

कमेन्ट गर्नुहोस्