पत्रकार डीआर पन्तलाई हृदयघात

धनगढी : पत्रकार डीआर पन्तलाई हृदयघात (हार्ट अट्याक) भएको छ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई हृदयघात भएको हो ।

कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता समेत रहेका पन्तलाई सामान्य हृदयघात भएको कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो प्रमु्ख चित्राङ्ग थापाले जानकारी दिए ।

थापाकाअनुसार महेन्द्रनगरबाट उपचारका लागि धनगढी ल्याइएका पन्तलाई सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेको छ ।

‘उनलाई माइनर हार्ट अट्याक भएको हो,’ थापाले भने, ‘अवस्था खतरामुक्त भए पनि पुनः दोहोरिने जोखिमका कारण डाक्टरले थप उपचारका लागि काठमाडौं पठाएका हुन् ।’

पन्तलाई नियमित हवाइ उडानमार्फत काठमाडौं लगिएको हो।

कमेन्ट गर्नुहोस्