जुरमुराउँदै वाइसीएल नेपाल

दाङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल निर्वाचन क्षेत्र नम्बर १ दाङको पूर्ण बैठक आज देउखुरीको जखेरा तालमा सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ का संयोजक लोकमणि बन्जाडेको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर) को प्रमुख आतिथ्यतामा पूर्ण बैठक सम्पन्न भएको हो

याे पनि पढ्नुस  दाङमा डेंगु संक्रमणबाट एकको मृत्यु, ४२ जना विरामी

बैठकले क्षेत्र नम्बर १ को संयोजकमा बन्जाडेलाई चयन गरेको छ भने इन्चार्जमा प्रशान्त चौधरीलाई सर्वसम्मत चुनेको छ । त्यसैगरी, वाइसीएल लमही नगरपालिकाको इन्चार्जमा रविध्वज थापालाई छनोट गरेको पूर्ण बैठकले सन्दीप पाण्डेलाई संयोजक बनाएको छ ।

देउखुरी उपत्यका अन्तर्गत ४ स्थानीय तहका युवा लगायत पार्टीका नेता कार्यकर्ता सम्मिलित बैठकले गढवा गाउँपालिकाको इन्चार्जमा ललित के एम र संयोजकमा कुसु चौधरीलाई चयन गरेको छ । त्यसैगरी, राजपुर गाउँपालिकाको इन्चार्जमा विरेन्द्र ठेडी मगर र रामसागर यादवलाई संयोजक चुनेको छ ।

याे पनि पढ्नुस  अव्यवस्थित क्वारेन्टिनले स्थानीय मर्कामा

अन्य पदाधिकारी चयनका लागि लमही नगरपालिका र राजपुर गाउँपालिकामा बैशाख ११ गते एवं राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा बैशाख १७ गते कार्यक्रमको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ ले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्