नेपाल पत्रकार महासंघ निर्वाचन : प्रदेश १ मा खस्यो १४८६ मत

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ भने ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । त्यस्तै सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।

याे पनि पढ्नुस  थप १८ जनाले जिते कोरोना, पुष्पगुच्छा दिएर बिदाई

धनकुटामा १५५ मा १२२ मत खसेको छ भने झापामा २६३ मा २५६ मत खसेको छ । त्यस्तै पाँचथरमा ८२ मत खसेको छ । त्यहाँ मतदाता संख्या ८५ रहेको थियो । उता इलाम र उदयपुरमा क्रमशः १५५ र ९६ मत खसेको छ । इलाममा १७५ र उदयपुरमा १०१ जना मतदाता रहेका थिए ।

याे पनि पढ्नुस  मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ मा सारियो

त्यस्तै तेह्रथुममा ८२ मतदातामध्ये ६८ मत खसेको छ भने भोजपुरमा ४६ मतदातामध्ये ३८ मत खसेको छ । यता, सोलुखुम्बुमा ६६ जना मतदातामा ६० जनाले मतदान गरेका छन् । ओखलढुंगामा ५० मध्ये ४७ मत खसेको छ । खोटाङमा २६ मतदातामध्ये २६ मत खसेको छ भने संखुवासभामा ३९ मतदातामा ३६ मत खसेको छ ।

याे पनि पढ्नुस  प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारः नव नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कमेन्ट गर्नुहोस्