आगलागी र सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं : पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका-३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका-५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका-४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कपिलवस्तुमा कोरोना संक्रमित महिलाको मृत्यु

यसैगरी टीकापुर नगरपालिका-१ सन्त निरङ्कारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पद्मा साउद तथा भोजपुरको हतुवागडी गाउँपालिका-२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको खनियाबाँस गाउँपालिका-२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका-५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका-३१ न्यकाटोलमा ट्र्याक्टरको ठक्करबाट सात वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।

याे पनि पढ्नुस  बझाङमा भीरबाट लडेर एकको मृत्यु

कमेन्ट गर्नुहोस्