मुगु घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

चैत २१ गते शनिबार हराएकी मुगुको सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो ।

बालिकाको बलात्कारपछि हत्या गरी कर्णाली नदीमा फालेको भन्दै विद्यार्थीहरुले माइतीघरमा बुधबार प्रदर्शन गरेको नेविसंघका महामान्त्री दीपक भट्टराईले जानकारी दिए ।

घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेर विद्यार्थीहरुले प्रदर्शन गरेको उनले बताए ।

बलात्कारीलाई फाँसी दे, पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्