भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार संक्रमित, सबै राज्यमा बढ्दै कोरोना

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ लाख २६ हजार नयाँ संक्रमण फेला परेको छ ।

यसअघि महाराष्ट्रमा बढी देखिएको संक्रमण पछिल्ला दिनमा भने भारतका सबै राज्यमा देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार, भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५९ हजार ९ सय ७ जनामा कोरोना देखिएको छ । महाराष्ट्रपछि उत्तरप्रदेश, कर्नाटकालगायतका राज्यमा उच्च संक्रमण देखिएको छ ।

भारतले देशव्यापीरुपमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरेको दावी गरेपनि संक्रमण उच्च हुँदै गएको हो ।

संक्रमण बढ्दै गएपछि कतिपय राज्य अन्तर्गतका क्षेत्रहरुमा लकडाउन र अन्य मापदण्ड लागु गरिएका छन् ।

कमेन्ट गर्नुहोस्