त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक, नेपालको खेल कहिले ?

काठमाडौं ।नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी-२० सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग खेल्ने छ । यी दुई टिमबीचको खेल वैशाख ४ गते टियू मैदानमा हुनेछ ।

यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने भएको छ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने जनाएको छ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते हुनेछ। खेल दिउँसो २ः१५ देखि साझ सवा ५ बजेसम्म हुनेछ ।

यो प्रतियोगितामा एक टिमले दुई/दुई खेल खेल्नेछन्। लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ।

प्रतियोगिताको तयारीका लागि क्यानले २० खेलाडीलाई कोरोनाविरुद्धको खोप पनि लगाइसकेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी ।

१७ अप्रिल (वैशाख ४)- नेपाल र नेदरल्याण्ड ( २:१५ बजे )

१८ अप्रिल (वैशाख ५)- मलेसिया र नेदरल्याण्ड ( १२:१५ बजे )

१९ अप्रिल (वैशाख ६)- नेपाल र मलेसिया ( २:१५ बजे )

२० अप्रिल (वैशाख ७)-नेपाल र नेदरल्याण्ड ( २:१५ बजे )

२१ अप्रिल (वैशाख ८)- मलेसिया र नेदरल्याण्ड ( १२:१५ बजे )

२२ अप्रिल (वैशाख ९)- नेपाल र मलेसिया ( २:१५ बजे )

२४ अप्रिल (वैशाख ११)- फाइनल ( २:१५ बजे )

कमेन्ट गर्नुहोस्