राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

काठमाडौं : पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशीपमा महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३२को सेटमा हराउँदै उपाधि उचालेको हो ।

पहिलो सेट २२-२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५-११ र तेस्रो सेटमा २५-१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५-२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमण्डले १५-११ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको थियो ।

जितसँगै डायमण्डले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपको दोस्रो उपाधि जितेको छ । यसअघि पहिलो संस्करणमा विभागीय टोली एपीएफलाई हराएर न्यु डायमण्ड उपाधि जित्न सफल भएको थियो ।

उपाधि जितेको न्यु डायमण्डले पुरस्कार स्वरूप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो । तेस्रो भएको एपीएफले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

यस्तै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब विजेता बनेको छ ।

कमेन्ट गर्नुहोस्