प्रचण्डलाई प्रश्न गर्ने रायमाझीको हैसियत र नैतिकता के ?

समाचार टिप्पणी .नेकपा माओवादी केन्द्रले पार्टीको निर्णयविरुद्ध लागेका चार जना संसदहरुलाई पार्टीबाट निष्काशन गरेको भन्दै संसद सचिवालयमा सूचित ग¥यो ।

संसदमा सभामुखले चार जना संसदलाई संसदीय दलबाट निष्काशित गरेको निवेदनको जानकारी गराउँदै उनीहरुलाई पदमुक्त भएको घोषणा गरे ।

लगत्तै एकजना संसद तथा केपी ओली सरकारका मन्त्रीले प्रश्न गरे– “मलाई हटाउने प्रचण्डको हैसियत के ?”

सामाजिक सञ्जालमा माझीलाई प्रश्नको ओइरो लाग्यो– प्रचण्डको हैसियत सोध्ने तपाई को हो ?

उनको हैसियत सोधाईबारे कतिपयले रमाइलो टिप्पणी पनि गरे र भनेँ –पोइल गइसकेकी महिलाले पुरानै लोग्नेलाई किन घरबाट निस्कि जा भनेर प्रश्न सोध्ने ?

साँच्चिकै प्रचण्डको हैसियत सोध्ने सामथ्र्य राख्छन् त माझीले ?

माझीको भनाईमा उनीलाई पद हैन, पार्टी चाहिन्छ रे ? जनता चाहिन्छ रे । पदका लागि मरिहत्ते गर्ने त प्रचण्ड हुन ?

रायमाझीलाई नचिन्नेहरुका लागि उनले भनेको कुरा ठीकै हो पर्न सक्ला । तर इतिहासका कतिपय घटनाक्रमहरुले रायमाझीको यो निर्लज्ज अभिव्यक्ति मात्रै रहेको पुष्टि गर्दछ ।

रायमाझीलाई नजिकबाट चिन्नेहरु र अझ माओवादी आन्दोलनमा उनीसँग संगत गरेकाहरुका लागि उनको परिचय ‘अवसरवादी’को हो । अर्थात् उनले खुला राजनीतिमा आइसकेपछि जहिल्यै पनि पद र पैसाको बार्गेनिङ गरे ।

बाबुराम भट्टराईले माओवादी केन्द्र विभाजन गरे । टोपबहादुर बाबुरामका प्रिय मानिस थिए । टोपबहादुर पनि बाबुरामसँगै जान्छन् भन्ने कतिपयलाई पर्यो । त्यो दिनभरी टोपबहादुर सम्पर्कमा देखिएनन् । भोलीपल्ट उनले प्रचण्डसँगै बस्ने निर्णय गरे । त्यतिखेर उनले प्रचण्डको हैसियत के हो भनेर सोधेनन् । किनभने उनले मन्त्री पदको बार्गेनिङ गरेका थिए । र, त्यो पद सुनिश्चित गर्ने प्रतिबद्धतापछि उनले आफू बाबुरामसँग नजाने भनेर घोषणा गरे । जबकि त्यसअघि उनले बाबुरामसँग नयाँशक्ति निर्माणका लागि दर्जनौपटक छलफल गरेको नयाँ शक्तिमा लागेका नेताहरु बारम्बार चर्चा गर्दछन् ।

यसपाली नेकपाभित्रको अन्तर्संघर्ष हुँदा टोपबहादुरले बालुवाटार र खुमलटार निकै धाए । उनी बिहान खुमलटार जान्थे, दिउँसो र साँझ उनको संगत लेखराज भट्ट र ओली निकटका व्यक्तिहरुसँग हुन्थ्यो । उनलाई एकातिर मन्त्रीपदको लोभ देखाइएको थियो, अर्कोतर्फ आफ्ना कार्यकर्ता र हिजो सपना देखाएका जनताहरुले के भन्लान भन्ने सकसक थियो । तर अन्तिममा उनले र मणि थापाले मन्त्री पद ठूलो देखे । र, अहिले मन्त्रीपदबाट फुस्किएपछि उनले प्रचण्डलाई हैसियत सोध्ने हिम्मत गरे ।

प्रचण्ड पदलोलुप होइनन् भनेर यिनै माझीले बेलाबखत भाषण गरेको अहिले पनि भेटिएला । किनभने प्रचण्डले उनको पदलोलुपतालाई कतिपय संगठनात्मक बाध्यताका कारण मलजल अवश्य नै गरेका थिए । तर उनले पद नपाउने बेला भने प्रचण्डमाथि नै प्रश्न गरे । मानौं टोपबहादुर भनेका क्रान्तिकारी हुन र प्रचण्ड भनेका पद नपाएर छटपटिएका हुन ।

टोपबहादुर जी (तपाईलाई कमरेड भन्न पनि लाज लाग्छ), आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको अवस्थामा पनि ‘तपाई नै ५ वर्षका लागि प्रधानमन्त्री बन्नुस्, मलाई पार्टीमा कार्यकारी भूमिका भए पुग्छ’ भन्ने यिनै प्रचण्ड होइनन् । त्यतिखेर तपाईले किन भन्नुसक्नुभएन– सजिलै पाएको प्रधानमन्त्री पद देशलाई अस्थिरता र अराजकताबाट जोगाउन छोडेने प्रचण्डको हैसियत के हो भनेर ?

प्रचण्डको हैसियत त्यही हो । प्रचण्डको हैसियत त्याग र सहमतिका लागि अधिकतम लचकता हो । तर तपाई हैसियत नि ? तपाईको हैसियत पद र पैसाका लागि नैतिकता पनि ताकमा राख्ने होइन र ?

जनयुद्धको कठीन कालखण्डलाई सहजतापूर्वक अवतरण गरेर जनताका मुद्दाहरु स्थापित गर्न अहम रभूमिका निर्वाह गर्ने हैसियत हो प्रचण्डको, सामन्तचवादको नाइकेलाई परास्त गरेर बाँकी अवेशस अन्त्य गर्न सधै गतिशील हैसियत हो प्रचण्डको । राष्टिय स्वाधिनता र स्वभामिनका पक्षमा निरन्तर खबरदारी गर्ने हैसियतको प्रचण्डको । अनि तपाईको हैसियत सम्झिनुस त ? संघीयताको मुद्दामा पार्टीको निर्णयविपरित हिडने तपाईको हैसियत के हो ? माओवादी पार्टी छँदा संशोधनवादी लाइनमा उभिने तपाईको हैसियत के हो ? अहिले अग्रगमन र प्रतिगमनको लडाइे बेला प्रतिगमनको मतियार बन्नु पुग्ने तपाईको हैसियत के हो ? तपाईका मतदातालाई जसरी सपना बाँडनु भयो तर ती सपनाहरुलाई मन्त्री पदसँग साटनुभयो, आम जनताका आँखामा तपाईको हैसियत के हो भन्ने कुरा तपाईले अर्घाखाँचीमा तपाई ओली कित्तामा गइसकेपछि पाएको रेस्पोन्सले पुष्टि गर्दैन र ?

राजनीतिमा हैसियत सोध्ने सामथ्र्य हैसियतवालाको मात्रै हुन्छ, कि जनताको हुन्छ । तपाईले प्रचण्डलाई हैसियत सोध्दै गर्दा अस्तिमात्रै जिल्ला भ्रमणको बेला तपाईको हैसियत सोधेका जनतालाई जवाफ दिन नसकि फर्किनु परेको होइन तपाई ? अनि तपाईले अरुलाई हैसियत सोध्ने ?

राजनीतिमा इमानको पनि अर्थ हुन्छ टोपबहादुर जी । असहमति भयो भन्दैमा मुख छोडेर बोल्नु राजनीतिक नैतिकताभित्र पर्दैन । प्रचण्ड नहुन्थे भने तपाई पनि हुनुहुन्थेन ।

 

कमेन्ट गर्नुहोस्