बागलुङ : विषालु सर्प किङ कोब्रा बागलुङ नगरपालिका-७ मुलपानीको एक घरमा फेला परेको छ । मुलपानीका स्थानीय सुदिप गौतमको घरमा उक्त सर्प भेटिएको हो ।
सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खवर गरेका थिए । उक्त खवर पाएपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको हो ।
कतिलाका अनुसार किङ कोब्रा नेपालको २ हजार २ सय मिटरसम्म उचाईमा पाइन्छ । उक्त सर्प १२ फिट लामो र ५ केजी तौलको भएको थियो । घरभित्रबाट निकालिएको सर्पलाई सुरक्षित ढंगले जंगलमा लगेर छोडेको कतिलाले बताए ।
‘हामीले उद्धार गरेको सर्पलाई नयाँ ठाउँमा लैजाने गरेका छैनौँ’ उनले भने-सर्पलाई नयाँ ठाउँमा लैजानु मान्छेलाई आँखा बाँधेर हिड भन्नु जस्तै हो ।’ कोब्राको मुख्या खाना साना प्रजातिका सर्पनै हुन ।
खाना खाएर आरामको लागि घर भित्र पसेको हुन सक्ने उनको अनुमान छ । प्राय किङ कोब्राले टोक्दैमा बिष लाग्छ भन्ने समेत नभएको उनको भनाई छ । सर्पको अवस्था हेरेर विषको मात्र छोड्ने गर्छ ।
सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातीका बिषालु सर्प देखिन थालेकोले अस्पतालमा औषधि उपचारको व्यवस्थापन समेत गर्नुपर्ने माग माग गरेका छन् ।
जिल्लामा पहिलो पटक कोब्रा सर्प भिटिएको पौडेलले बताए। गत बर्ष बानपा ४ का एक युवाको विषालु सर्पले डस्दा निधन भएको थियो ।