चेन्नईविरुद्ध टस जितेर बलिङ गर्दै दिल्ली

काठमाडौं : १४औँ सिजनको आईपीएलको दोस्रो खेलमा न्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा हुँदैछ ।

हालसम्म दिल्लीलले आईपीएल उपाधि हात पार्न सकेको छैन । चेन्नईले भने तीन पटक आईपीएल ट्रफी जितिसकेको छ । दिल्ली गत सिजनमा पहिलो पटक फाइनलमा पुगेको थियो ।

याे पनि पढ्नुस  आरसीबीविरुद्ध दिल्ली क्यापिटल्सको शानदार जित

यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि दिल्लीको कप्तानी पन्तलाई दिइएको हो ।

पहिलो खेलमा दिल्ली टिमका महत्वपूर्ण बलर कागिसो रबाडा र एनरिक नोर्टजे उपलब्ध हुने छैनन् ।

उनीहरू पाकिस्तानसँगको वानडे सिरिजका कारण ढिला भारत पुगेकाले पहिलो खेल गुमाउने भएका हुन् । यता चेन्नईका बलर लुंगी एनगिडीले पनि पहिलो म्याच गुमाउने छन् ।

याे पनि पढ्नुस  दिल्लीविरुद्ध आरसीबी अन्तिम बलमा विजयी

पछिल्लो पाँच म्याचमा चेन्नईले दिल्लीलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनमा भने दिल्लीविरुद्ध चेन्नई दुवै खेलमा पराजित भएको थियो ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन अश्विन, टम करन, उमेश यादव, अमित मिश्रा र इशान्त शर्मा ।

याे पनि पढ्नुस  काेलकाताविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान

चेन्नईको प्लेइङ-११ : मोइन अली, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, साम कुरन, ड्वेन ब्रावो, कृष्णप्पा गौतम, शार्दुल ठाकुर र दीपक चाहर ।

कमेन्ट गर्नुहोस्