प्यूठानमा एमालेको समानान्तर कमिटी गठन

प्यूठान । नेकपा एमाले (माधव नेपाल समूह)ले प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।

समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के।सी। छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क, आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी, आरपी राजभण्डारी रहेका छन् ।

अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाल समूहका लुम्बिनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी ओली नीति, विधान विपरीत स्वेच्छचारी प्रवृत्तिले अगाडि बढेको कारण कम्युनिष्टहरु कलंकित भएको गुनासो गरे ।

भेलामा संविधानसभा सदस्य हिरा बहादुर के.सी. र धनबहादुर रायमाझी, प्रदेश कमिटी सदस्य शोभाराम भण्डारी लगायतका नेताहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्