दिल्ली सरकारद्वारा सबै स्कूल, कलेज बन्द गर्ने घोषणा, सबै सार्वजनिक गतिविधिमाथि प्रतिबन्ध

नयाँ दिल्ली । कोरोना संक्रमणका घटनामा अप्रत्याशित बृद्धि हुन थालेपछि दिल्ली सरकारले कडा निर्णय सार्वजनिक गरेको छ ।

प्रशासनले सामािजक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै सार्वजनिक गतिविधिमाथि रोक लगाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भाग लिने खेलाडीहरुका अतिरिक्त कसैलाई पनि स्वीमिङ पुलको अनुमति हुनेछैन ।

दिल्ली विपद प्रबन्धन अथोरिटीको आदेश अनुसार, विवाहमा ५० भन्दा बढी र अन्तिम संस्कारमा २० जना भन्दा बढी सहभागी हुन पाउने छैनन् ।

यसैगरी रेष्टुरेण्ट र बारमा ५० प्रतिशत कुर्सीमा मात्रै ग्राहक भित्र्याउन सकिनेछ । सबै कलेज र कोचिङ सेन्टर बन्द गरिनेछन् ।

यस्तै डिटिसीका बस र मेट्रोका सीटहरु पनि ५० प्रतिशतमा मात्रै यात्रु रहने निर्णय गरिएको छ ।

हवाईयात्रा गरेर महाराष्ट्रबाट दिल्ली आउने यात्रुहरुका लागि आरटी–पिसिआर जाँचको नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ ।

कमेन्ट गर्नुहोस्