जसपा नेता अनौपचारिक छलफलमा, नयाँ सरकारबारे होला त निर्णय ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू आइतबार अनौपचारिक छलफलमा बस्दैछन् ।

उनीहरू आइतबार दिउँसो २ बजेपछि पार्टी कार्यालय बालकुमारीमा छलफलमा बस्दैछन् । छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी हुने बताइएको छ ।

याे पनि पढ्नुस  विप्लव नेकपाका तत्कालीन सैन्य कमाण्डरसहित ८८ जना जसपामा प्रवेश

नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको प्रस्ताव गरेपछि जसपा शीर्ष नेता छलफलमा जुटेका हुन् । यसअघि नयाँ सरकार गठनका लागि कांग्रेसले बोलाएको बैठकमा जसपाले केही दिन समय मागेको थियो ।

छलफलमा नयाँ सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसले राखेको प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने तयारी छ ।

याे पनि पढ्नुस  ठाकुर र यादवको संयुक्त व्यक्तव्यः आफैँ नेतृत्व गर्न पाए मात्रै सरकारमा जाने

नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ ।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ सत्ता समीकरण बनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने पक्षमा छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र जसपा नेताबीचको छलफल सकरात्मक

आजको बैठकले त्यसबारे एउटा निर्णय गरेर जाने सम्भावना रहेको बताइन्छ ।

आइतबार २ बजे नै कांग्रेस पदाधिकारी बैठक पनि बस्दैछ ।

केन्द्रीय कार्य समितिका एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

कमेन्ट गर्नुहोस्