ओली निकट कर्ण थापालाई खनाल–नेपाल समूहले गर्‍यो कारवाही

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेशका सहसंयोजक कर्णबहादुर थापालाई कारबाही सिफारिस गरेको छ ।

भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

उनलाई पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ । थापा एमाले अध्यक्ष केपी ओली निकटका हुन् ।

याे पनि पढ्नुस  एमालेले १२ जना नेतालाई पठायो २४ घण्टे लिखित स्पष्टीकरण पत्र

‘नेकपा (एमाले)को विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्नेजस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुन्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  माधव नेपालको टिप्पणीः ओलीको दम्भ धरहराभन्दा माथि पुग्यो

 

कमेन्ट गर्नुहोस्