एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब एशियाली फुटबल संघको क्लब फुटबल प्रतियोगिता खेल्न गोवा प्रस्थान गरेको छ ।

आर्मीले दोस्रो चरणमा जेएसडब्ल्यु बैंगलुरुको सामना गर्नेछ । एएफसीको तालिका बमोजिम त्रिभुवन आर्मीले आगामी बुधबार जीएमसी एथलेटिक रङशालामा बैंगलुरुको सामना गर्नेछ ।

याे पनि पढ्नुस  किरण चेम्जोङ एशियाकै उत्कृष्ट १० खेलाडीको सूचीमा

एफसी कप २०२१ अन्तगर्त दक्षिण प्रारम्भिक चरणको पहिलो छनौट खेल हुन लागेको हो । जसअन्तगर्त पहिलो चरणमा त्रिभुवन आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो । उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको त्रिभुवन आर्मीले दोस्रो चरणमा बैंगलुरुको सामना गर्दैछ ।

याे पनि पढ्नुस  किरण चेम्जोङ एशियाकै उत्कृष्ट १० खेलाडीको सूचीमा

दोस्रो चरणको विजेता टोलिले अम्बानी लिमिटेड ढाका र क्लब इगल्स(माल्दिभ्स) बीचको खेलको विजेतासँग स्पर्धा गर्नेछ । उक्त खेल बैशाख ८ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्