शिवपुरी जङ्गलमा लागेको आगो नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालियो

काठमाडौं । काठमाडौंको शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ ।

आइतबार बिहानदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो । प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन ।

आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

सिम्रिक एयरलाइन्सले पानी हालिरहेको छ ।

कमेन्ट गर्नुहोस्