नेपालले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं  : नेपाल क्रिकेट संघ (क्यान)ले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी गरेको छ ।

त्यसका लागि क्यानले आज बसेको बैठकमा निर्णयसमेत गरेको छ ।

बैठकको निर्णयअनुसार नामिबियासँग मे महिनाको तेस्रो साता वानडे सिरिज हुनेछ ।

साथै, बैठकले अप्रिलको तेस्रो सातादेखि महिला रािष्ट्रय क्रिकेट टिम उत्तराखण्डको महिला क्रिकेट टिमबीच टी-२० र एकदिवसीय मैत्रीपूर्ण प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ ।

याे पनि पढ्नुस  बन्द प्रशिक्षणको तयारी पूरा

आईसीसी एकदिवसीय वरियतामा नामिबिया १८ र नेपाल १७औँ स्थानमा छन् ।

नामिबियाअघि नेपालले नेदरल्याण्ड्स र मेलेसियासँग टी-२० क्रिकोणात्मक सिरिज खेल्दैछ । यो सिरिज वैशाख ४ गतेबाट सुरू हुँदैछ ।

बैठकका थप निर्णयहरू :

 

कमेन्ट गर्नुहोस्