डा. सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित

जनकपुरधाम । डा. सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनबाट राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा चन्दन कुमार सिंह चुनिएका छन् ।

पार्टीको उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरी विजयी भएका छन् ।

याे पनि पढ्नुस  २५ ठाउँमा सभा गर्दै सीके राउतको जनमत पार्टी

केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय बनाइएको छ ।

कमेन्ट गर्नुहोस्