प्रदेश २ मा माओवादी केन्द्रले गर्‍यो ४ सांसद बर्खास्त

जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई बर्खास्त गरेको छ ।

बर्खास्त गरिएका सांसदमा रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर रहेका छन् ।

नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेको भन्दै उनीहरूलाई(माओवादी केन्द्रले बर्खास्त गरेको हो ।

माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

कमेन्ट गर्नुहोस्