कर्णाली प्रदेशका सांसद रेग्मीको पद खारेज

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य रहेका धर्मराज रेग्मीको सांसद पद खारेज भएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको छ ।

चैत २१ गते बसेको माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले उनलाई कारबाही गरेको र दल त्याग गरेको सूचना प्रदेशसभालाई गराएको थियो । सोही आधारमा सोमबार सचिवालयले पनि राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको ऐन, २०७४ को दफा ३५ (२) बमोजिम सदनलाई जानकारी गराएको हो ।

याे पनि पढ्नुस  अध्यक्ष ओलीलाई चुनौती दिँदै शाहीको ‘बोल्ड’ निर्णय– अविश्वास प्रस्तावमाथि आज छलफल, कँडेल पक्षले बहिस्कार गर्ने

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष सांसद निर्वाचित रेग्मीले नेकपा विवादको बीचमा एमाले प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्