बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एन्फाका अनुसार बन्द प्रशिक्षण एक महिनापछि मई १७ देखि सुरु हुनेछ । गोलरक्षकमा ४ जना, डिफेन्समा ९ जना, मीडफिल्डमा १५ जना तथा फरवार्डमा ४ जना खेलाडी अटाएका छन् ।

याे पनि पढ्नुस  ए डिभिजन लिग मंसिर २८ बाट हुने

बन्द प्रशिक्षणमा गोलरक्षकको रुपमा कप्तान समेत रहेका किरणकुमार लिम्बु, बिकेश कुथु, दीप कार्की र विशाल सुनार छनोट भएका छन् । रक्षात्मक पंक्तिमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास छन् ।

याे पनि पढ्नुस  क्यानले बोलायो थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा

त्यसैगरी, मीडफिल्डमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, शेशाङ आङदम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बूढाथोकी, श्यान्सु भूषाल, अञ्जन विष्ट र सुमन लामा रहेका छन् ।

फरवार्डमा दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।

याे पनि पढ्नुस  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

 

कमेन्ट गर्नुहोस्