गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु

गुल्मी : गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनीमा डुबेर २ बालकको मृत्यु भएको हो । मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ वर्षीय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ वर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले ११ दिनमा १० हजारको मृत्यु

उनका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विकका छोरा गोविन्द सहित सोमबार मात्रै सिर्सेनी माइती घर आएकी थिइन् ।

याे पनि पढ्नुस  श्रीमती बितेको १ वर्षमै श्रीमानको पनि भीरबाटै खसेर मृत्यु

कमेन्ट गर्नुहोस्