कोलकाताविरुद्ध टस हारेर ब्याटिङ गर्दै मुम्बई

काठमाडौं  : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टोलीबीचको म्याच नेपाली समयअनुसार साँझ ७:४५ बजे चेन्नईमा सुरू हुँदैछ ।

केकेआरले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ । मुम्बईले भने प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस लिनको स्थानमा क्विन्टन डिककलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आरसीबीविरुद्ध बलिङ गर्दै हैदराबाद, यस्तो छ दुवैको प्लेइङ-११

जारी सिजनमा केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

यता मुम्बई इण्डियन्स भने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो ।

पछिल्लो पाँच खेलमा मुम्बईविरुद्ध केकेआरले एक खेलमा मात्र जित हासिल गरेको छ ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

याे पनि पढ्नुस  आईपीएल : मुम्बईले दियो पञ्जाबलाई १७७ रनको लक्ष्य

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

कमेन्ट गर्नुहोस्