कोरोनाविरुद्धको दोस्रो चरणको खोप बैशाख ७ देखि लगाइने

काठमाडौं : पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी बैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ ।

गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  कर्णालीमा १२ ओटा केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ र लुम्बिनीका केही ठाउँमा भने खोपको दोस्रो मात्रा लगाइसकिएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

याे पनि पढ्नुस  कर्णालीमा १२ ओटा केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने

 

कमेन्ट गर्नुहोस्