विशाल लक्ष्य दिन चुक्यो मुम्बई, आन्द्रेकाे घातक बलिङ

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको पाँचौ म्याचमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो ।

उसका लागि सूर्यकुमार यादवले ३६ बलमा सात चौका र दुई छक्कासहित ५६ रन बनाए ।

त्यस्तै, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र कृणाल पाण्ड्याले १५/१५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई ओभरमा १५ रन दिएर ५ विकेट लिए ।

आईपीएल करियरमा उनको यो उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसअघि आईपीएलमा आन्द्रेको उच्च बलिङ प्रदर्शन ११ रन दिएर ४ विकेट लिनु थियो ।

त्यस्तै, प्याट कमिन्सले दुई, प्रशिद्ध कृष्णा, शाकिवहल हसन र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

केकेआरले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ । अघिल्लो खेलमा जित हासिल गरेकाले केकेआरले आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको हो ।

मुम्बईले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस लिनको स्थानमा क्विन्टन डिककलाई मौका दिएको छ ।

जारी सिजनमा केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

यता मुम्बई इण्डियन्स भने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो ।

पछिल्लो पाँच खेलमा मुम्बईविरुद्ध केकेआरले एक खेलमा मात्र जित हासिल गरेको छ ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

कमेन्ट गर्नुहोस्