कोलकाताविरुद्ध मुम्बई १० रनले विजयी

काठमाडौं : १४औँ सिजनको आईपीएलअन्तर्गत पाँचौ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध मुम्बई इण्डियन्स १० रनले विजयी भएको छ ।

जारी प्रतियोगितामा मुम्बईको यो पहिलो जित हो । उसले पहिलो खेलमा ९ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध हार ब्यहोरेको थियो ।

मुम्बईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  राजस्थान र सीएसकेबीचको म्याच आज, यस्तो छ सम्भावित प्लेइङ-११

उसका लागि नीतिश राणाले ५७ र शुभमन गिलले ३३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा राहुल चाहरले चार, ट्रेन्ट बोल्टले दुई र कुणाल पाण्ड्याले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो ।

याे पनि पढ्नुस  चेन्नईविरुद्ध टस जितेर बलिङ गर्दै दिल्ली

उसका लागि सूर्यकुमार यादवले ३६ बलमा सात चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र कृणाल पाण्ड्याले १५/१५ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आन्द्रे रसेलले ५, त्यस्तै, प्याट कमिन्सले दुई, प्रशिद्ध कृष्णा, शाकिवअल हसन र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  विशाल लक्ष्य दिन चुक्यो पञ्जाब, चाहरको घातक बलिङ

कमेन्ट गर्नुहोस्