महाराष्ट्रमा आज राती ८ बजेदेखि १५ दिन कर्फ्यूको घोषणा

मुम्बई । कोरोना संक्रमण चुलिँदै गएपछि भारतको महाराष्ट्रमा १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

सरकारले आज राती ८ बजेदेखि मई १ तारिखको बिहान ८ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

यो लकडाउनको नाम ब्रेक द चेन भनिएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको घोषणा गर्दै राज्यमा १० र १२ को परीक्षा समेत स्थगित गरिएको बताए ।
मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । यसैगरी मजदूर र परमिट भएको रिक्सा चालकहरुलाई १५०० रुपैयाँको सहायता दिइने र एक महिनासम्म शिवभोजन योजना अन्तर्गत गरिबहरुलाई खाना खुवाइने समेत उनले घोषणा गरे ।

महाराष्ट्रमा आज रातीदेखि धारा १४४ लागु गरिएको छ । यो अवधिमा बजार बन्द हुने भएपनि स्थानीय रेल र बस भने बन्द नहुने बताइएको छ । यिनीहरुलाई अत्यावश्यक सेवाका लागि चालु राखिनेछ । मेडिकल सामान, औषधी निर्माता कम्पनी, सेनेटाइजर कम्पनीहरु भने खुल्न पाउनेछन् ।

लकडाउनमा पेट्रोल पम्प, बैंक, बीमा कम्पनी, डेटा सेन्टर, आइटी कम्पनी जस्ता
तर धार्मिक स्थल, सिनेमा, स्कूल, मनोरञ्जन पार्क, जिम, स्पा, ब्यूटी पार्लर आदि सबै बन्द हुनेछन् ।

कमेन्ट गर्नुहोस्