सरकारद्वारा ३८१ जनालाई ‘लोकतन्त्र योद्धा सम्मान’ प्रदान

काठमाडौं । सरकारले लोकतन्त्र प्राप्तीको आन्दोलनका ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ ।

माओवादी जनयुद्द, २०६२–६३ को जनआन्दोलन तथा मधेस आन्दोलनमा ज्यान गुमाएका परिवार, घाइते तथा अपाङ्गगलगायत १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मानित गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिएका हुन ।

सरकारले यो सम्मान ७७ वटै जिल्लामा गरिने जनाएको छ ।

जिल्लाहरुमा सिडिओको नेतृत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको र सो समितिको सिफारिसका आधारमा लोकतन्त्रका योद्धाहरुलाई सम्मान गरिनेछ ।

कमेन्ट गर्नुहोस्