ह्वात्तै बढ्यो कोरोना, पछिल्लो २४ घण्टामा थपिए ६०३ संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

अघिल्लो दिन भने ४ सय ६० जनामा कोरोना देखिएको थियो ।

देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किनेहरुलाई सीमा नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको छ । यद्यपी सबैभन्दा बढी संक्रमित भने काठमाडौं उपत्यकामा देखिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३०५३ वटा नमुना परीक्षणमा १५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस्