मुलुकको राष्ट्रियता धरापमा पर्‍यो : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरेका छन् । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उनले बताए । यसलाई संस्थागत गर्न चुनौती रहेको पनि बताए । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताए ।

याे पनि पढ्नुस  जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यर्होर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताए । क्रान्ति पुरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताए ।

कार्यक्रममा अखिल (छैठौं)ले आफ्ना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको थियो । यस्तै नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं)को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो ।

याे पनि पढ्नुस  प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : जनमोर्चा अध्यक्ष केसी

कमेन्ट गर्नुहोस्